• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पाप लाग्छ

सरकारले
मेरो नाम बेचेर
उसका आसेपासेको चुल्हो बाल्दियो।
खरछाने घर भएकाहरुलाई
ढलाने घर हाल्दियो।
अरु पनि के के गर्‍यो रे
गाउँमा हल्ला फैलिएको थियो।



समय समयमा
कसैले अराएपछि
उसले मेरो जीवनस्तर सुधार्न
अनेकन् नीति र कार्यक्रम ल्याउँछ
९९ रुपैंया खर्चेर
१ रुपैंयाको मोहोर मेरो हातमा राखिदिन्छ।
अनि मलाइ बोल्न लगाउँछ ।
'यो मोहोरले मेरो कायापलट भयो, हुनेवाला छ!'

जिम्मल मुखियाहरुको खेती स्याहार्दै
कति पुस्ता वित्यो कुन्नी,
बासँग कुनै हिसाब छैन ।

एउटा हिसाब जरुर छ
उनिहरुले भनेकै ठाँउमा स्वस्तिक चिन्ह झ्याप्प पार्देको
त्यसपछि उनिहरुले लावालस्करसहित गाँउ घूमेको
अनि
आक्कल झुक्कल उनिहरुको भतेरमा मासु भात खाएको।

गाँउ उस्तै छ। फेरिएको छैन
मेरो दुख उस्तै छ फेरिएको छैन
स्वस्तिक छाप लगाउने चिन्ह अलिअलि फेरिए
तर
त्यो डाँडामा भएको सरकारी भवनका बोर्ड
पटक पटक फेरिए
त्यसमा लेखिने अक्षर पनि उसैगरि फेरिए
आजकाल सुन्छू म
सरकारले हाम्रो जीवनस्तर सुधारें भन्छ रे
बोर्ड र त्यसका अक्षरजस्तै ।

मैले सबै पत्याएको छु
सरकारको शंका गरे पाप लाग्छ
हैन र !

apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना