• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

कहाँ गयो होला त्यो सर्प?

ठ्याक्कै १२ पुगेर १३ वर्ष लाग्यो । मेरो गाँउमा एउटा सर्प देखा पर्‍यो र त्यो हरायो । त्यसबेलामा मोबाइल तथा अन्य वस्तुहरुको आजजस्तो सर्वसुलभ पहुँच थिएन। भएको भए त्यसबेलाको भिडियो नै पाइन्थ्यो होला । त्यस सर्पका बारेमा छापिएको समाचार भेटेपछि त्यसबेलाको एक संस्मरण लेखेको छु । 

२०६२ सालको पौष ९ गते सर्प भेटिएको थियो कालिढु‌गा माध्यामिक विद्यालय परिसरमा। यो कुरा सबैभन्दा पहिला मलाई सो स्कुलमा १० कक्षामा पढ्दै गरेका १ विद्यार्थीले बताएका थिए । उनि मेरोमा गणित विषय सिक्नका लागि घरमा आउँथे । म त्यसबेलामा ११ कक्षामा काब्रेको हनुमन्तेश्वरमा पढ्ने गर्दथें । उसले बतायो 'आज अनौठो खालको सर्प देखियो । केटाहरुले लौराले कुटे । त्यसपछि सर्प गएर नजिकैको मन्दिरमा बस्यो ।'

हामी कलेज जान विहान ४:३० मा घरबाट हिँड्नु पर्थ्यो । १० गते विहान जाँदा हामीले त्यस मन्दिरमा केहि मान्छेहरु बसिरहेको देख्यौं ।  फर्केर आउँदा गाँउका धेरै मानिसहरु जम्मा भैसकेका थिए । सर्पले राजा विरेन्द्र र रानी ऐश्वर्यको तस्विर घेरेको थियो । सर्प पहिला नजिकैको कुनामा थियो र पछि ति फोटो घेर्न आएको त्यहा जम्मा भएका कसैले बतायो । हामी १ छिन बसेपछि सर्पले तस्विरको परिक्रमा गर्‍यो । कालिढुँगा पढाउने १ जना सरले यस बेलामा यो बेलामा भिडियो खिच्न पाएको भए कत्ति राम्रो हुन्थ्यो होला भने । सर्पले घुम्दा सो मन्दिर निर्माणकर्ता भने काम्न लागे । उनि सर्प घुम्न लाग्दा काम्थे । उनले सर्पका लागि दुध पनि छेउमा राखेका थिए । 

घटनाका बारेमा हल्ला चल्न थाल्यो । नजिक तथा टाढाका गाँउका मानिसहरु पनि सर्पलाइ नाग मानेर दर्शन गर्न आउन थाले । यसले गर्दा धेरै भिड लाग्न लाग्यो । 

१२ गते म जुनियर रेडक्रस सर्कलको एउटा तालिमका लागि दोलखा गएँ । दोलखा बजारमा भएको तालिममा हामीलाई दोलखाकै होटलमा राखिएको थियो । होटल साहुले मलाइ सर्पका बारेमा सोधेकी थिइन । मैले उनलाइ भनें 'सर्पले राजारानीको तस्विर घुमेको मेरै आँखाले देखेको हुँ । अरु कुरा चाँहि खै के भन्ने र ।' उनले त्यसपछि भनिन् 'भीमसेनलाई पसिना आएको मैले पनि देखेको छु । सबैले देख्दैनन् ।'

१४ गते विरेन्द्रको जन्मजयन्तीको अवसर पारेर कान्तिपुर दैनिक लगायतका पत्रिकाहरुमा समाचार छापियो । यसपछि झन मानिसहरु हेर्न आउन लागे । गाँउसम्म सडक पुगिसकेको थिएन । मैनापोखरीमा सवारी साधन राखेर त्यहाँ मानिसहरु जाने गर्दथे । 

१६ गते म चरिकोटबाट फर्कँदा सर्प हराइसकेको थियो । त्यस ठाँउमा सप्ताह आयोजना गरिएको थियो । सर्प हराएको बारेमा फरक फरक कुरा सुनिए । यसका बारेमा मैले त्यो घटनाबारे नजिकबाट अध्ययन गरेका १ जनालाई यहि मंसिरमा सोधेको थिएँ । उनले त्यसबारेमा कुरा गर्न चाहेनन् । 'सर्प कुटेर मारिएको रहेछ। टाउकोमा ठूलो घाउ थियो। त्यसका बारेमा के कुरा गर्ने र ?'

सर्प हराएको बारेमा मसँग पढेका १ जना साथीले सर्पलाई नजिकैको डाँडामा खाल्डो खनेर गाडेको बताएका थिए त्यहि बेलामा। यहि मंसिरमा त्यो प्रसंगमा कुरा गर्दा उनले केहि कुरा बताएनन् । 

पौष महिनामा सर्प देखा पर्नु आफैंमा नौलो घटना थियो । सर्प त्यहाँ देखिने भन्दा फरक खालको पनि थियो । यसैगरि सर्प हराएको सन्दर्भ पनि रहस्यमय नै छ हालसम्म । ज्ञानेन्द्रको शासनकाल भएका कारण गाँउलेहरुले असुरक्षा महशुस गरि सर्प लुकाएको ठान्नेहरु पनि नभएका हैनन् । भविष्यमा यथार्थ खुल्न वा नखुल्न पनि सक्छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना