• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

पार्टी एकतामा ढिलाइ किन, प्रचण्डले दिए ३ कारण

नेकपा एमाले र एमाओवादीबीच पार्टी एकता प्रकृया अलमल भइरहेको बेला पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसो हुनुमा ३ कारण रहेको बताएका छन्।

दोलखा सदरमुकाम चरिकोटमा आजबाट सुरु प्रथम प्रकास स्मृति कपको उद्घाटन गर्न आएका प्रचण्डले जिल्लास्थित पार्टी कार्यालयमा कार्यकर्ता तथा पत्रकारहरुसँगको भेटघाटका क्रममा यो कुरा बताएका हुन्। एकिकरणका क्रममा पार्टीमा कुनै विवाद नरहेको भन्दै एकता प्रकृया ढिलाइ हुनुमा प्राविधिक कारणहरु मात्र जिम्मेवार रहेको जिकिर गरे। 


उनका अनुसार नेताहरु विदेश भ्रमणमा व्यस्त रहनु, कार्यदलले समयमा प्रतिवेदन दिन नसक्नु र प्र.म.को स्वास्थ्यमा भएको गडबढीका कारण एकता प्रकृयामा ढिलाइ भएको हो। यसका साथै उनले सरकारले काम गर्न नसकेर भइरहेको आलोचनाबारे आफूहरु जानकार रहेको उनले बताए। 'सरकारले भनेजस्तो काम गर्न सकेन भन्ने कुरा छ। तर हामीले पुर्वाधार बनाउने काम गरेका छौं' उनले भने। मौलिक हक कार्यान्वयनका लागि आवाश्यक नियमहरु बनाइएको र छिमेकी देशसँगको सम्बन्ध सुमधुर बनाइएको प्रचण्डको भनाइ थियो।  

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना