• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रमाइलो चुनावः ११४ ले आफैंलाई मत दिएनन्, १९ जनाले आफैंलाई मात्र दिए मत !

संविधानसभाबाट जारी भएको संविधानले व्यवस्था गरेको स्थानीय तहको निर्वाचन दोश्रोपटक सम्पन्न भएको छ । २०७४ सालमा ३ चरणमा सम्पन्न भएको निर्वाचन २०७९ मा भने देशभर एकै चरणमा सम्पन्न भयो । निर्वाचनको परिणाम सार्वजनिक भई निर्वाचित जनप्रतिनिधीले आफ्नो कार्यभार सम्हालिसकेका छन् । दोलखा जिल्लामा ३ सय ८८ पदका लागि भएको निर्वाचनमा १ पदमा भने कुनै आवेदन परेन । २ पदमा १ जनाको मात्रै आवेदन परेर निर्विरोध निर्वाचित भए । 
१ नगरपालिकामा प्रमुख/उपप्रमुख, १ गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, १ उपप्रमुख र २ उपाध्यक्ष सहित नेकपा एमालेले १ सय ५८ पदमा जित हासिल गरेको छ । १ नगरपालिकामा प्रमुख, १ गाउँपालिकामा १ गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, १ गाउँपालिकामा अध्यक्ष र २ गाउँपालिकामा उपाध्यक्ष सहित नेपाली कांग्रेसले १ सय २४ पदमा जित हासिल गरेको छ । यसैगरी ३ अध्यक्ष र १ उपाध्यक्ष सहित ९२ पदमा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ । पहिलो पटक निर्वाचनमा भाग लिएको नेकपा एकिकृत समाजवादीले भने १ अध्यक्षसहित ८ पद जितेको छ । २ वडाध्यक्ष सहित ५ पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन् । 

लौरोः उम्मेदवार ८, मत ५ !
काठमाण्डौ महानगरपालिका र धरान नगरपालिकामा यस पटक लौरो चिन्ह लिएका स्वतन्त्र उम्मेदवारहरुले प्रमुख पदमा विजय हासिल गरे । यसका कारण देशभर लौरोको चर्चा छ । दोलखामा पनि १ अध्यक्ष र ७ वडाध्यक्ष पदका उम्मेदवारले लौरो चुनाव चिन्ह पाएका थिए । त्यसमा अध्यक्षले ३ मत र १ वडाध्यक्षले २ मत गरेर ५ मत पाए । बाँकी ६ जनाले आफुले आफैंलाई मत दिएनन् । 

आफैंलाई मत नदिने ११४
१२ पार्टी र स्वतन्त्र गरी यो निर्वाचनमा जिल्लामा १ हजार ३ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । यसमा १ सय १४ जनाले आफैंलाई मतदान गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५, नेकपा एसका १, सचेत नेपाली पार्टीका १ र स्वतन्त्र १०७ जनाले शुन्य मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३, माओवादीका २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र स्वतन्त्र १३ जना उम्मेदवारले १/१ मत प्राप्त गरे । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना