• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महाभारतः गुरुबारेका २ प्रसङ्ग !

आज गुरु पुर्णिमा । पूर्विय दर्शनमा गुरुलाई सबैभन्दा धेरै महत्व दिइन्छ । भगवानभन्दा पनि गुरुको स्थान उच्च रहेको भन्ने कुरा यस श्लोकबाट पनि पुष्टि हुन्छ । 

गुरु ब्रम्हा, गुरु विष्णुः गुूरुर्देव महेश्वर
गुरु साक्षात परब्रह्मः तस्मै श्री गुरुवे नम॥
(ब्रह्मा, विष्णु, महेश्वर सबै गुरु हुन । गुरु परव्रह्म स्वरुप हुन । त्यस्ता गुरुलाई म नमस्कार गर्दछु ।)

महाभारत आदिपर्व अध्याय ३ मा रहेको कथा यसप्रकार छ । 

१.
धौम्य ऋषिका ३ शिष्यहरु थिए । उपमन्यु, आरुणी पाञ्चाल र वेद । 

सुरुमा आरुणीको कथा !
गुरुले आरुणीलाई खेतमा पानी लगाउन पठाउनु भयाे । आरुणी पानी हेर्न गए । एउटा खेतको आली भत्किएको थियो । भत्किएको आली बनाउन उनले धेरै मेहनत गरे । तर आली बनाउन सकेनन् । उनले गुरुले खेतमा पानी भर्नु भन्ने आज्ञा सम्झिए । आली बनाउन नसकेपछि उनि आफै‌ं खेतमा आली बनेर सुते । रातभर पानी परिरह्यो । उनि त्यो काम पुरा गर्न रातभर खेतमा आलीका रुपमा सुतिरहे । विहान खेतमा गुरु पुग्दा आरुणीको त्यो गुरुभक्ति देखेर गुरु प्रसन्न भए । उनलाई विभिन्न ज्ञानहरु प्रदान गरे । 

अव उपमन्युको प्रसङ्ग
उपमन्युको गोठमा गाई स्याहार गर्थे र विद्या आर्जन गर्थे । उनी आफ्नो जीवीकाका लागि गाउँमा जान्थे र भिक्षा माग्थे । एक दिन गुरुले सोध्नुभो के खान्छौ । उनले भिक्षा मागेर जिविका चलाएको जवाफ दिए । गुरुले भिक्षा मलाई दिनु भन्ने आज्ञा दिनुभयो । उपमन्युले ल्याएर भिक्षा दिए । केहि दिनपछी गुरुले सोध्नुभो । भिक्षा त मलाई दिन्छौ तिमी के  खान्छौ ? उपमन्युले सुरुमा मागेको भिक्षा गुरुलाई दिएको र पछि पुन गएर भिक्षा मागेर खाने गरेको वताए । गुरुले यसरी मानिसहरुलाई दुख दिनुहुन्न । अव भिक्षा नमाग्नु भनेर त्यो काम रोकिदिनुभयो । 

केहि दिनपछि फेरि उपमन्युलाई सोध्नुभो । के खान्छौ ? उपमन्युले गाईको दुध खाइरहेको छु भने । गुरुले त्यो पनि रोकिदिनुभयो । त्यसपछि उनले बाच्छाले दुध खाँदा मुखमा आउने फिँज खाए । त्यो पनि गुरुले रोकिदिए । यसपछि भोकले रन्थनिएका उपमन्युले जंगलको सिउँडी खाइदिए । यसका कारण उनको आँखाको ज्योती गुम्यो । 

यसले गर्दा उनी कुवामा खसे । राती अवेरसम्म आश्रममा उपमन्यु नआएपछि धौम्यले उनको खोजी गर्नुभयो । खोजी गर्दा कुवामा खसेको भेटिएपछि किन यस्तो भयो भनेर सोध्नुभयो । उपमन्युले सबै कुरा वताइदिए । त्यसपछि गुरुले अस्विनिकुमारको प्रार्थना गर्ने मन्त्र दिनुभयो र उहाँहरुले उपचार गर्ने बताएर फर्कनुभयो । 

उपमन्युले गुरुले दिएको मन्त्रको पाठ गरे । अस्विनिकुमार यो पाठबाट खुसी भए र उनी भएको ठाउँमा आइपुगे । उपचार गर्न लाग्दा उनलाई औषधी दिए । उपमन्युले गुरुको आज्ञा नभई औषधी खान नसक्ने बताए । गुरुले यो कुरा थगाहा पाउनुभयो । उनको आँखा उपचार पनि भयो र गुरुले उपमन्युलाई सबै ज्ञान दिनुभयो । 

अर्का शिष्य वेद !
वेदलाई पनि गुरुले आश्रममा राखेर शिक्षा दिनुभयो । उनले पनि गुरुका सबै आज्ञाहरु मानेर कठिन भन्दा कठिन कामहरु सम्पन्न गरे । यसले गुरु प्रसन्न हुनुभयो । गुरुको ज्ञान पाएर उनी आफ्ना घर फर्किए । उनले आफ्ना शिष्यहरुलाई कुनै पनि कष्ट नदिइकन ज्ञान दिए । 

थप जानकारी यो भिडियोमा 


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना