• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

काममा प्रभाव छाड्ने कसरी ?

आजको विषय Act for impact हो । यसलाई सजिलोसँग बुझ्ने कसरी हो ? प्रभाव पार्ने काम भनेको  कस्तो काम हो? मेरो मनमा प्रश्न मात्रै हैन उत्तर पनि उब्जियो । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले जमानामा नै भनेका रहेछन्


ज्युँदै मर्‍या भनी नाम कस्को 

उद्यमविना वित्तछ काल जस्को । 


अहिले जमाना सुचना प्रविधिको भनिन्छ । हामी प्रत्येक सामाजिक सञ्जाल चलाउँछौ । सामाजिक सञ्जाल फेसबुक ट्विटरमा हर्क साम्पाङ र वालेन्द्र शाहका बारेमा चर्चा भैरहेको छ। अस्ति भर्खरै बैशाख ३० मा भएको चुनावमा उनिहरू २ जना मात्रै स्थानीय तहको प्रमुख भएका हैनन् । उनिहरूसँगै अरू ७ सय ५१ जना पनि प्रमुख वा अध्यक्ष चुनिएका थिए । तैपनि उनिहरूकै मात्रै चर्चा किन छ ? उत्तर सरल छ Act for impact । जसले प्रभाव पार्ने काम गरे । उनिहरूकै चर्चा भएको हो । हुन्छ पनि । बाँकि त आउँछन् जान्छन् । who cares ! कसलाई के मतलब ! के चासो !


स्थानीय चुनावपछि अब हुने प्रदेश तथा संघको चुनावका बारेमा पनि कुरा गरौं । यो चुनावमा सहि नेतृत्व छान्न सकिए अवको ५ वर्ष अझै गज्जब हुनेछ । यसमा जेसिजमा आवद्ध साथीहरूले सुरू गरौं अभियान । हाम्रो राजनीति विग्रीएको वाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले भनेजस्तै मतदाता सचेत नभएरै हो । मतदाता सुध्रिए दल नेता सच्चिनेछन् । उनिहरू सुध्रिए यो नै सहि अर्थमा Act for impact हो । 


सामाजिक सञ्जालका कुरामा मलाई अलिकति युट्युवका कुरा थप गर्न मन लागेको छ । युट्युवमा भारतिय चर्चित मोटिभेसनल स्पिकर विवेक विन्द्राको युट्युव च्यानलमा सबैभन्दा हेरिएको भिडियो खाडीको एउटा मुलुकका बारे रैछ । खाडी मुलुक भनेपछि त्यहाँ त हाम्रो पसिनाको साइनो छ ।  हाम्रा धेरै दाजुभाई दिदीवहिनि पसिना बगाउन खाडी जान्छन । खाडी मुलुकमा दोश्रो ठूलो अर्थतन्त्र दुवइको रहेछ । त्यो जताततै बालुवा मात्रै पाईने खाडी मुलुकको विकासको गुदी के होला भन्ने लागिरहेथ्यो । खाडी मुलुक तेल बेचेर प्रगति गरेको भन्ने लाग्थ्यो पहिला । कुरा त्यस्तो रैनछ । उसले तेल बेचेर त सम्पूर्ण आम्दानीको १० प्रतिशत भन्दा कम पो कमाउने रैछ । ९० प्रतिशत भन्दा धेरै त पर्यटन लगायतका अन्य क्षेत्रबाट कमाउने रैछ । उनिहरूको सिद्धान्त नै रैछ Number one or only one! या टुप्पोमा बस्ने वा अपवाद हुने । त्यसैले अहिले कतारमा सबैभन्दा ठूलो भवन बुर्ज खलिफा मात्रै छैन, मानिसले निर्माण गरेकाे सबैभन्दा ठूलो टापु पाम जमेरिया, साततारे होटल बुर्ज अल अरब पनि त्यहिँ रछ । अन्य पनि त्यस्ता थुप्रै संरचना छन् । र हामीले गर्ने हरेक काममा पनि यहि कुरा मनन गरे Act for Action त्यहि नै हो । 


दुवैमा वालुवा मात्रै थियो । नेतृत्वको ईच्छाशक्ति त्यसमा थपियो । देश जिरोबाट हिरो बन्यो । हामीकहा त के छैन र सबै सबै छ । हिमाल पहाड तराई झरना नदि खोला योमात्रै हैन । जातीय भाषिक विविधता पनि हामीसँगै छ । अब बाकी भनेको एउटामात्र कुरा छ । त्यो हो Act for impact. 


हामीकहाँ पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेको 

‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’

‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’ 

लाई घोकेर बस्ने हैन । अव व्यवहारमै उतार्नु जरूरी छ । त्यो पनि भोलि पर्सि हैन । आजै अनि अहिल्यैबाट !


कार्यक्रममा उपस्थित जेसिज मित्रहरू

दुवइपछि म अव मेरै गाउँको अलिकति कुरा गर्छु । मेरो गाउँमा जनसचेतन सहकारी छ । आजभन्दा २९ वर्षअगाडि २०५० सालमा स्थापना भएको । ३४ जनाले सय सय रुपै‌या उठाएर सुरु गरेको सहकारी आज देशकै राम्रामध्येको सहकारी हो । अहिले सहकारीमा ३६ हजार सदस्य छन् । अहिले उसले वर्षमा २ अर्व वरावरको कारोवार गर्छ । यसको सुरुवातमा संस्थापकहरुले मानिसहरुलाई समात्दै गोजीबाट पैसा निकाल्दै सदस्य बनाएका थिए । महिनामा सय रुपै‌याको बचत गरेर त्यसका सदस्यहरुले आज लाखौं रुपै‌या बचत गरेका छन् । हामीले भनिरहेको प्रभाव पार्ने काम भनेकै यहि होइन र । मानिसलाई बचत गर्ने बानीको विकास गर्ने गाउँगाउँमा रहेका यस्ता संस्थाहरु Act for Action का ज्वलन्त नमुना हुन् । 


हामी धेरै क्षेत्रमा संलग्न छौं । हामीले काम गर्दै आईरहेका छौं । गर्दैछौं र भोलि पनि गर्नेछौ । हामीले गरेको काममा अलिकति जोड दिनुपर्ने भएका कारण नै जेसिजले यो वर्षको नारा प्रभाव पार्ने काम Act for impact तय गरेको हो । हामीले गरेका काममा अलिकति ध्यान दिन सक्यौं भने ती सबै प्रभाव पार्ने काम हुन सक्छन् । महावीर पुन, सन्दुक रूईत, भगवान कोईरालाले आफ्नो काम गरेका न हुन । अरू पनि त्यस क्षेत्रमा काम गर्ने व्यक्ति छन । हामीलाई उनिहरूका बारेमा थाहै छैन । यसको कारण के होला ? यसमा भगवान कोईरालाको जवाफ धेरै मननयोग्य छ । उनी भन्छन् हामी नेपालीको एउटा गज्जब बानी छ  हामीलाई आफ्नो गर्न पर्ने कामभन्दा अरूले गर्ने कामको बारेमा धेरै जानकारी छ । मुटु चिर्ने डाक्टरलाई आफ्नो पेशाको कुराभन्दा नेपालको राजनीति कण्ठ छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भएका कारण हामीले गरेका कामहरू मात्रै काम भए तिनले कुनै प्रभाव पार्न सकेनन् ।


अन्तमा, हामीले गरिरहेका काममा ध्यान केन्द्रित गर्ने गरे सबै कामले प्रभाव छाड्ने छन् । हामीले आज गर्ने काममा भोलिको दिन पनि हेर्ने गरौं । आखिर एउटा तिलको दानाजत्रो विउले विशाल वर पिपल जन्माउने गर्छन् । हाम्रा पुर्खाहरूले ठाउँ ठाउँ चौतारी बनाउँथे, त्यसमा वर पिपल रोप्थे । तिनै वर पिपलमा आज हामी छहारी लिईरहेका छौं । यस्तै हामीले आज गर्ने कामले अर्को पुस्तामा प्रभाव पार्ने काम गर्‍यौं भने त्यो नै प्रभाव पार्ने काम हुनेछ ।   


हरेक कामको उत्तिकै महत्त्व छ । विहानै उठेर खेतबारी धाउने किसानदेखि यो देश चलाउने प्रधानमन्त्रीसम्मको कामले प्रभाव छाडेका हुन्छन् । तर जसले कामलाई पछिसम्म सम्झने बनाए उनिहरू नै सम्मान तथा प्रशंसाका हकदार हुन । हामी यहाँ उपस्थित देशभरका साथीहरूले पनि आजदेखि काम हैन, प्रभाव पार्ने काम गर्नुहुनेछ भने विश्वासका साथ राष्ट्रकवि कविवर माधव घिमिरेका हरफहरूसँगै आफ्नो भनाई अन्त गर्दछु ।

‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।

सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।।

धन्यवाद !


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना