• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

शैलुङः गर्मी छल्ने, हिउँ खेल्ने नयाँ गन्तव्य

‘शित्तलीमा तराइको हावापानी छ । मेलुङमा पहाडी र शैलुङमा हिमाली । ५/६ घण्टाको पैदलयात्रामा हावापानीमा यत्ति धेरै विविधता अन्यत्र पाउन मुस्किल छ’, भण्डारी भन्छन् । 

यस वर्ष गर्मी असाध्यै बढ्यो । तराइमा गर्मीका कारण विद्यालयहरू बन्द गरिएका थिए । पहाडमा पनि धेरै वर्षपछि यति धेरै गर्मी रेकर्ड गरिएको भनेर समाचारहरू आइरहेका थिए । हामी गर्मी छल्नका लागि शैलुङ उक्लने निधो गर्‍यौं । दोलखा सदरमुकाम चरिकोटबाट त्यहाँसम्म पुग्नका लागि दिगो विकास नेपालले व्यवस्थापन गर्ने भयो । उसले नेपाल पर्यटन बोर्डसँग मिलेर दोलखाका विभिन्न पर्यटकिय स्थलहरूका बारेमा प्रचार प्रसारको काम गर्न लागेको रहेछ । 


जेठको अन्तिम हप्तामा हामी भ्रमणमा निस्कियौं। सदरमुकाम चरिकोट हुँदै शैलुङतर्फ लाग्यौं । शैलुङ दोलखा र रामेछापको सिमानामा अवस्थित छ। दोलखाको शैलुङ र मेलुङ तथा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको संगमस्थल हो शैलुङ। यो हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको पवित्र स्थल पनि हो। 

शैलुङमा प्राकृतिक रूपमा रहेका १०८ थुम्काहरू र त्यसका वरपर गुरु रिम्पोछेको पाइला, अवलोकितेश्वर, बौद्ध स्तुपा लगायतका बौद्ध धार्मिक स्थलहरू रहेका छन् । यसैगरी गुप्तेश्वर महादेव, शैलुङेश्वर महादेव, जुरेढुंगा महादेव, धर्मढोका, शैलुङ देविथान लगायतका हिन्दुहरूले पूजापाठ गर्ने स्थलहरू रहेका छन् । 
शैलुङ प्राकृतिक दृश्यावलोकन भन्दा पनि धार्मिक रूपमा महत्वपूर्ण रहेको शैलुङ चैत्यका श्रम लामाले जानकारी दिए । 'यहाँ मानिसहरू वरपरको दृश्य हेर्न मात्र आउँछन् । यो गुरु रिम्पोच्छेले तपस्या गरेको पवित्र भूमि पनि हो। यहाँ हामीले देखेका हरेक ढुंगाहरू देवता हुन् । यो त पृथ्वीको स्वर्ग हो', लामाले अगाडि थपे । 

रामेछाप जिल्लातर्फबाट शैलुङ आउँदा खोलाखर्कसम्म सवारी साधनमा यात्रा गरेर त्यसपछि उकालो पैदलयात्रा गर्नुपर्छ । यो उकालोमा अहिले व्यवस्थित सिंढीहरू निर्माण गरिएको छ । दोलखा जिल्लाबाट जाँदा भने शैलुङको कालापानीसम्म मोटर यात्रा गरेपछि पैदल यात्रा गर्नुपर्ने हुन्छ । पैदलयात्रा सुरु हुनेबित्तिकै चीनको ग्रेटवालको नमूना निर्माण हुँदै रहेछ। यसमा धमाधम काम भइरहेको थियो । यो ग्रेटवाल सकिएपछि डाँफेढुंगा भेटिन्छ । धेरै पहिले कालिञ्चोकबाट उडेको डाँफे यहीं ठाउँमा आएर बसेका कारण यसको नाम डाँफेढुंगा रहन गएको रहेछ ।


शैलुङेश्वर महादेवको मन्दिर जान यहाँबाट तेर्सो लाग्नुपर्छ । शैलुङका टाकुराहरूको दर्शनका लागि भने दाँइ गर्ने डाँडा हुँदै उकालो लाग्नुपर्छ । दाँइ गर्ने डाँडामा बडेमाको त्रिशुल ठड्याइएको हुनाले अहिले यसको नाम त्रिशुलडाँडा भएको छ ।



तेर्सो बाटो हिंडेर शैलुङेश्वर, धर्मढोका गाइढुंगा र जुरेढुंगा महादेवको मन्दिर पुगिन्छ । शैलुङेश्वर मन्दिरमा दर्शनार्थीहरूको भिड थियो । उनीहरू बनेपाबाट आएका रहेछन् । पछिल्लो समय यहाँ राजधानी र आसपासका ठाउँबाट दर्शन गर्न आउने पर्यटकहरू बढिरहेको हामीलाई कालापानीका होटल व्यवसायी रोज श्रेष्ठले बताएका थिए । जुरेढुंगा महादेवको मन्दिरको माथिपट्टी प्राकृतिक रूपमा ढुंगाको साँढेको आकृति रहेको छ । त्यहाँ ढोकाको समेत आकृति रहेको छ । 

शैलुङको यात्रामा प्राकृतिक सौन्दर्यको भरपूर आनन्द लिन सकिन्छ। दक्षिणभन्दा बाहेक सबैतिर देखिने हिमश्रृङ्खलाहरू, जंगल, चराचुरुङ्गी र जनावहरूहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । 

गर्मी महिनामा शितलता अनुभव गर्न र जाडो महिनामा यहाँ हिउँ खेल्न पर्यटकहरू आउने गरेका छन् । काठमाडौंबाट करिब १ सय ४० किलोमिटरको दूरीमा रहेका कारण पनि यहाँ आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ । 

यस ठाउँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय तहहरूले पनि विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् । सिमाना जोडिएका तहहरूले पालैपालो शैलुङ महोत्सव, शैलुङ साहित्यिक सांस्कृतिक महोत्सव लगायतका कार्यक्रम गरेर यस क्षेत्रको प्रचार प्रसार गर्दै आइरहेका छन् । 

शैलुङ महाभारत श्रृङ्खलाको सबैभन्दा अग्लो ठाउँ हो । समुद्री सतहबाट करिब ३ हजार २ सय मिटरको उचाइमा रहेको यो ठाउँबाट पैदल यात्रा गर्दै पुष्पलाल राजमार्ग भेटाउन पनि सकिन्छ । डाँडाखर्क निस्किएर मेलुङ हुँदै शित्तलि निस्कँदा नेपालमा पाइने सबै किसिमका हावापानी अनुभव गर्न सकिने त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक इन्द्रजित भण्डारी बताउँछन् । ‘शित्तलीमा तराइको हावापानी छ । मेलुङमा पहाडी र शैलुङमा हिमाली । ५/६ घण्टाको पैदलयात्रामा हावापानीमा यत्ति धेरै विविधता अन्यत्र पाउन मुस्किल छ’, भण्डारी भन्छन् । 

दोलखामा शैलुङका साथसाथै कालिञ्चोक, जिरी, च्छोरोल्पा हिमताल लगायतका स्थानमा पर्यटकहरू आकर्षित रहेका छन् । दोलखा जिल्लामा नेपालमा पाइने सबै किसिमका हावापानी पाइने र राजधानीबाट नजिक रहेकोले थोरै खर्च र समयमै भ्रमण गर्न सकिने नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार प्रसार अधिकृत गोपाल भण्डारी बताउँछन् । दोलखामा पाइने हावापानी र प्राकृतिक दृश्य तथा सांस्कृतिक सम्पदाहरूका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सहज छ।
भिडियो हेर्नुस

यो सामाग्री अनलाइन खबरमा २०८० असार १६ गते १८:२२ मा गर्मी छल्ने, हिउँ खेल्ने नयाँ गन्तव्य शैलुङ शिर्षकमा प्रकाशित भएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना