• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सेनाको जग्गामा स्थानियको रजाँइ


अर्जुन “अपवाद”  
दोलखाको मेलुङ गाविसमा रहेको नेपाली सेनाको जग्गा स्थानिय वासिन्दाले अतिक्रमण गरेका छन । सेनाको नाममा रहेको ६५ रोपनी भन्दा धेरै जग्गामा अहिले स्थानिय वासिन्दाका ६० भन्दा वढि घर रहेको वर्द वहादुर गण चरिकोटका सेनानी यामबहादुर सापकोटाले जानकारी दिनुभयो । सेनाको जग्गा अतिक्रमण गर्नेमा निजि व्यक्तिसंगै सरकारी विद्यालय पनि रहेका छन ।
मेलुङको त्रिभुवन उमावी तथा मेलुङ क्याम्पसले पनि सेनाकै जग्गामा भवन वनाई पठनपाठन सञ्चालन गरिरहेका छन ।
    विक्रम संवत २००७ सालमा सेनाको शिवदल गुल्म रहेको उक्त स्थानको जग्गामा अहिले प्रत्येक बुधबार हाट लाग्ने गरेको छ । सेनाको नाममा रहेको जग्गामा अहिले स्थानिय वासिन्दाका २ ओटा पक्कि  २७ ओटा ढुङ्गामाटोका र ३७ ओटा खर र जस्ताको छानो भएका गरि जम्मा ६६ ओटा निजि घरहरु निर्माण गरिएका छन ।
    आफ्नो नाममा रहेको जग्गा अतिक्रमण भइसकेपछि आफुले त्यस स्थानका स्थानिय वासिन्दालाई हट्नका लागि आग्रह समेत गरिसकेको बताँउछन सेनानि सापकोटा । यसका लागि हामीले नापी कार्यालयको सहयोगमा जग्गाको सिमाङ्कन समेत गरिसकेको र यसका बारेमा रक्षा मन्त्रालयलाई समेत जानकारी गराइसकेको उनले जानकारी दिए ।
    त्रिभुवन उच्च माध्यामिक विद्यालयले २०५६ साल बैशाख २२ गते नेपाली सेनालाई एक पत्र लेखि सेनाको नाममा रहेको जग्गाको संरक्षणका लागि विद्यालयलाई जिम्मा दिनको लागि आग्रह गरेको थियो । सो स्थानमा रहेको विद्याप्रेमी वोर्डिङ लगायतका निजी भौतिक संरचना हटाइ तारबार गर्न लागेको पनि सापकोटाले जानकारी दिए । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

1 comment:

हाम्रो फेसबुक पाना